April 10, 2025, 1:52 am

भ्रष्टाचारको आरोप लागेपछि फ्रान्सकी नेतृ पेनलाई चुनाव लड्न पाँच वर्षको प्रतिबन्ध

चैत्र १८, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौँ । फ्रान्सको एक अदालतले दक्षिणपन्थी नेतृ मरीन ले पेनलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको छ । अदालतले ले पेनलाई चुनाव लड्न पाँच वर्षको प्रतिबन्ध लगाएको छ । यसको अर्थ उनी २०२७ को फ्रान्सेली राष्ट्रपति चुनावमा लड्न नपाउने भएकी छन् ।

पेनले पछिल्लो पटक फ्रान्समा निकै लोकप्रियता हासिल गरिरहेकी थिइन् । उनले पछिल्लो निर्वाचनमा राष्ट्रपति इम्यनुयेल म्याक्रोनलाई ठुलो झट्का दिएकी थिइन् ।

पेनलाई युरोपेली संघको कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरिएको छ । अदालतले उनलाई चार वर्षको जेल सजाय पनि सुनाएको छ, जसमध्ये दुई वर्ष निलम्बन गरिनेछ र बाँकी दुई वर्ष हिरासतमा नभई इलेक्ट्रोनिक ट्यागको साथ बिताउन सकिन्छ । यद्यपि, ले पेनका वकिलले सजायको विरुद्धमा अपील गर्ने बताएका छन् ।

फ्रान्सको एक अदालतले राष्ट्रपति पदका उम्मेदवार मरीन ले पेन र अन्य २० जनालाई फ्रेन्च नेशनल र्‍याली (आरएन) पार्टीको लागि रकम हिनामिना गरेको आरोपमा दोषी ठहर गरेको छ । यी मध्ये, ८ जना त्यतिबेला इयुका सांसद थिए र १२ जना संसदीय सहायक थिए ।

प्रतिक्रिया