April 10, 2025, 7:17 am

साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

चैत्र १६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से बढेर २६९५.५५ अंकमा पुगेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा म्यूचुअल बाहेक सबै समूहको परिसूचक बढेको छ । जसमध्ये आज कारोबार भएका कम्पनीमध्ये २२२ वटाको शेयर मूल्य बढ्यो भने २२ वटाको शेयर मूल्यमा गिरावट आयो ।आज नेप्सेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु स्मार्ट फन्डको कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रतिक्रिया