September 20, 2024, 2:35 am
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

अमेरिकामा एक नेपालीको हत्या

साउन १४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं। अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ ।

टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान वलीले परिवारलाई जानकारी गराएका हुन् ।

उनका अनुसार अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको हो ।

देउभान वली जिल्ला समन्व्य समितिका सदस्य समेत हुन् । उनले मृतक वलीका ७ महिनाअघिमात्र अवैध रुपमा अमेरिका पुगेका बताए ।

उनका श्रमती र एक छोरी छन् ।

प्रतिक्रिया