February 26, 2025, 6:41 am
» अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा : मन्त्री चौधरी

मंसिर १९, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

गण्डकी– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा लक्षित कायक्रम सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित भेटघाट कार्यक्रममा मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताए।

साना–साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उहाँले त्यसबाट अधिकतम युवा लाभान्वित हुनसक्ने विश्वास व्यक्त गरे।

पोखरामा खेलप्रेमीको उत्साह देखिएको उल्लेख गर्दै मन्त्री मन्त्री चौधरीले यहाँको पूर्वाधार विकासलगायतमा सक्दो सहयोग गर्ने आश्वासन दिए। उपनिर्वाचनमा देखिएको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको भन्दै उनले एकताबद्ध रुपमा पार्टी सङ्गठनलाई क्रयाशिल बनाउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया