January 7, 2025, 9:06 pm
» रवि पक्षका वकिलको बहस- गोर्खा मिडियामा पैसा आएको रविलाई थाहा थियो, अवैध भन्ने थिएन » चीन भूकम्प अपडेट: मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते » माओवादीले पारित गर्‍यो १६ बुँदे प्रस्ताव, सरकारको कडा विरोध » पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली » सरकारलाई सुझावसहित एमालेले पारित गर्‍यो १४ बुँदे प्रस्ताव

एमाले सचिवालय बैठक बिहीबार बस्ने

साउन १४, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

काठमाडौँ,  नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ ।

उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया