February 24, 2025, 9:30 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

रवि पक्षका वकिलको बहस- गोर्खा मिडियामा पैसा आएको रविलाई थाहा थियो, अवैध भन्ने थिएन

पुस २३, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्षको बहस सकिएको छ । जिल्ला अदालत कास्कीको न्यायाधिश नीतिज राईको इजलासमा सोमबारबाट सुरु भएको रवि पक्षको बहस मंगलबार सकिएको थियो ।

सोमबार रवि पक्षबाट पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठसहित वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए । मंगलबार थप ८ अधिवक्ताले बहस गरेसँगै रवि पक्षको बहस सकिएको हो ।

रवि पक्षबाट वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईं, डा. नारायण घिमिरे, रोहितराज बास्तोलासहित डा. नारायणदत्त कँडेल, सुनिता राउत, सुरज बस्नेत, सुदीप पन्त र सञ्जय गोलेले बहस गरेका हुन् । वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईंले रवि लामिछानेलाई गोर्खा मिडियामा पैसा आएको भन्ने थाहा भएको तर, अवैध भन्ने थाहा नभएको बताए ।

प्रतिक्रिया