February 24, 2025, 9:03 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सरकारलाई सुझावसहित एमालेले पारित गर्‍यो १४ बुँदे प्रस्ताव

पुस २३, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं – प्रमुख सत्तारुढ नेकपा (एमाले)ले तीन दिनसम्म बसेको आठौं केन्द्रीय कमिटी बैठकबाट विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले विभिन्न १४ प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यो बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि उसले गर्नुपर्ने कामबारे सुझाव दिएको छ ।

बैठकले सत्तारूढ दलहरूबीचको समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ ।

बैठकले यो २०८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया