January 8, 2025, 2:43 pm
» रवि लामिछानेसँगै सहकारी ठगीमा मुछिएका दुई जना धरौटीमा रिहा » ‘जनतासँग जसपा नेपाल’ लिएर गृहजिल्ला सप्तरीमा उपेन्द्र यादव » विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह » भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु » रविसहितको मुद्दामा थुनछेक बहस अन्तिमतिर, पोखरामा सुरक्षा कडा बनाइयो

चीन भूकम्प अपडेट: मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते

पुस २३, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

ल्हासा – चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ । साँझ ७ बजेसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ, भने १८८ जना घाइते भएका छन् ।

बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको क्षमता ६.८ म्याग्नीच्युड रहेको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ ।

मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।

प्रतिक्रिया