स्वास्थ्यमन्त्री बस्नेतलाई कर्मचारीले नटेरेपछि…

- May 9, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । नेपाली काँग्रेसभित्र मन्त्री चयनका विषयमा भित्रभित्रै ठूलो विवाद रहेपनि सभापति शेरबहादुर देउवाको आर्शिबादबाट स्वास्थ्यमन्त्री भएका मोहनबहादुर बस्नेतलाई सो मन्त्रालयका कर्मचारीहरुले महत्व नदिएपछि अहिले कर्मचारीमाथी खनिएका छन् । पार्टी सभापति देउवाको धर्मपत्नी आरजु देउवा राणाको विशेष दवावमा बस्नेतलाई मन्त्रीमा नियुक्त गरेसंगै उनले सवै कर्मचारीलाई गोप्य सर्कुलेशन जारी गरि जथाभाबी बोल्न र अभिव्यक्ती नदिन निर्देशन दिएको एक अधिकृतले नाम नलेख्ने सर्तमा बताएका छन् ।

ती अधिकृतका अनुसार मन्त्रीमा बस्नेत नियुक्त भएसंगै उनका कार्यकर्ता र केही कर्मचारीहरुले विद्यमान ऐन कानुन विपरित कार्य गर्नमा दवाव दिन थालेको बताए । ती कर्मचारी र कार्यकर्ताहरुले दिएको दवावलाई कार्यान्वयन नगर्दा अहिले अफिस समयमा नआएको भन्दै मन्त्री बस्नेतकै टोलीले छड्के समेत गरिदै आएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै विभागमा ‘छड्के’ अनुगमन गरेपनि कर्मचारीले महत्व नदिएपछि अहिले कर्मचारी सरुवाको खेलमा समेत लागेको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले बताएका छन् । विहान १० बजे नै दलबल सहित मन्त्री बस्नेतले मन्त्रालयका सम्पूर्ण विभागमा गएर छड्के गरेका थिए ।

अनुगमनमा पुग्दा अधिकांश कर्मचारीहरु कार्यालय समयमा नभएको भन्दै उनीहरुलाई तत्काल परिवर्तन गर्ने तयारीमा समेत मन्त्री बस्नेत लागेका छन् । मन्त्रालयको जिम्मेवारी पाएको चौथो दिनमा उनले छड्के गरेका थिए । सो समयसम्म मन्त्री बस्नेतलाई अधिकांश कर्मचारीहरुले ‘गुलामी’ गर्न नगएपछि अहिले कार्यालय समयमा नभएको भन्दै कारबाही गर्ने समेत चेतावनी दिएको कर्मचारीहरुले बताएका छन् ।

मन्त्रीले सपथ लिएर कार्यभार सम्हाल्दा मन्त्रालयको तर्फबाछ गरिने स्वागत गरेपछि कर्मचारीहरु आ–आफ्नो कार्यकक्षमा गएको र मन्त्रीलाई दैनिक गुलामी गर्न नगएपछि सो ‘स्टनबाजी’ गरेको समेत आरोप कर्मचारीहरुको रहेको छ । सो बारे मन्त्री बस्नेतलाई सम्र्पक गर्दा अहिले मन्त्री जी विजी हुनुहुन्छ फोन दिन मिल्दैन भन्दै फोन लाईन समेत काटिदिदै आएको छ ।

सो मन्त्रालयको फोनमा सम्र्पक गर्दा सो फोन उनै मन्त्रीकै कार्यकर्ताले नै बढीमात्रामा ‘रिसिभ’ गरिने समेत जानकारी कर्मचारीहरुले गराएका छन् । उनी निकट एक कार्यकर्ताले भने,‘ मन्त्री जी ९ः३० बजे नै स्वास्थ्य मन्त्रालय पुगी सक्दा पनि कर्मचारी नआई पुगेपछि सो छड्के गरेको हो, मन्त्रीभन्दा अगाडी कर्मचारी पुग्नु पर्छ ।’

मन्त्री बस्नेतले उनीमाथी समर्थन नगर्ने कर्मचारीमाथी कारबाही गर्ने नै चेतावनी दिएको गुनासो कर्मचारीहरुको रहेको छ । उनको सो कार्यलाई अभियानकै रुपमा चलाएर संघिय मन्त्रालयमा मात्रै नभई प्रदेश स्थानीय तहको वडा सम्म स्वास्थ्य मन्त्रालयसंग जोडिएका सबैमा हप्तक्षेप समेत गर्ने बताएका छन् ।

उनले सो मन्त्रालयमा आफु निटक दल त्यसमा पनि देउवा पक्षका कर्मचारीलाई मात्र सहज रुपमा काम गर्न दिने भित्री योजना समेत बनाएको एक कर्मचारीले कुरैकुरामा खोलेका छन् । सरकारमा गएका मन्त्रीहरु हेरफेर भएसंगै कर्मचारी पनि हेरफेर गरिदै आएको छ । मन्त्री हेरफेरसंगै मन्त्री बस्नेतले आफु निकट कर्मचारीको खोजी समेत गरेको बताइएको छ ।

र यो पनि…

मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड

स्वास्थ्य मन्त्रालयमा सर्जिकल व्यापारीको चलखेल : मन्त्री रिझाउन प्रतिस्पर्धा, मुद्दाको फाईल नखोल्न आग्रह

मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट