मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड

- March 31, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा स्वास्थ्य व्यवसायी र ठेकेदारलाई मंहगोमा प्रदेश टिकट बेचेको आरोप लागेका नेपाली काँग्रेसका साँसद मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री बन्ने भएपछि स्वास्थ्य व्यवसायीहरुमा अहिले मन्त्री खुशी बनाउने होड नै चलेको छ ।

विहिबारदेखिनै बस्नेतको घर तीनकुनेमा ठूलो संख्यामा स्वास्थय व्यवसायी विशेष गरि सर्जिकल सामानको बिक्री गर्ने व्यवसायीहरुको ओहोर दोहोर बाग्लो भएको काँग्रेसका एक जिल्ला सदस्यले बताएका छन् । गत निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश सभाको चुनाब टिकट एक सर्जिकल व्यापारीलाई बिक्री गरेको भन्दै सो क्षेत्रका पुराना काँग्रेसका सदस्यहरुले खुलेलै विरोध गरेका थिए । तर सो विरोधलाई समेत दवाएर टिकट दिएको थियो ।

उनले सो प्रदेशमा जिते पनि काँग्रेसभित्र नै खुशी भने कोही नभएको गुनासो गरेका थिए । यसरी करोडौ रुपैयाँ खर्चिएर प्रदेश सभाको टिकट खरिददेखि निर्वाचनमा सोचेभन्दा बढी खर्च भएको भन्दै प्रदेश साँसद मसिना खड्का भण्डारीले सार्वजनिक रुपमै दुखेशो गरेपछि टिकटमा खरिदबिक्री अत्याधिक भएको प्रष्ट भएको थियो ।

यसरी सो खरिद बिक्रीका मुख्य पात्र साँसद बस्नेत अहिले संघको स्वास्थ्य मन्त्री बन्ने भएपछि भने सो समुहको मुहारमा खुशी देखिएको सिन्धुपाल्चोककै एक जिम्मेवार बस्नेत निकट सदस्यले बताएका छन् । अर्कोतर्फ काँग्रेसको समानुपातिकको सूचीमा नाम पठाएर केन्द्रबाट हटाएका हेम्स अस्पतालका अध्यक्ष आर एस भण्डारी अर्थात रामशरण भण्डारी बस्नेतसंग टाडिएको भएपनि मन्त्री बन्ने भएपछि एकाएक उनको नजिकिएको बताईएको छ ।

हेम्स अस्पतालमा सिन्धुपाल्चोकका जनताले उपचार गरेको खण्डमा ३० प्रतिशत छुट दिने भन्दै हुँकार गर्दैै आएका भण्डारीकै ‘ओम सर्जिकल कन्सर्न प्रालि’ ले स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्दै आएको आरोप लागेको छ । सरकारले तत्कालिन समयमा ओम सर्जिकलको कालोबजारीलाई ढाकछोप गरेको थियो ।

पुनः कारबाही परिने हो की भन्ने भय भएपछि सो कारवाहीबाट बच्नकलागि उनले बस्नेतको साथ दिएको बताइएको छ । ओम सर्जिकलले सरकारसँग गरेको सम्झौताको दुरुपयोग गर्दै चीनबाट समान ल्याएर बुटवाल, कैलाली र इटहरीसम्म कालोबजारी गरेर संकटको अपराध गरेको बताइएको छ । ओम सर्जिकका प्रमुख समेत रहेका रामशरण भण्डारी (आर एस भण्डारी) ले चीनबाट तीन पटकसम्म स्वास्थ्य सामाग्री ल्याएका थिए ।

उनले सामान ल्याएर स्वास्थ्य विभागमा नबुझाई आफुखुशी अनेत्र लगी बेचेको बताइएको छ । सोही अबैधधन्दाबाट बच्नकैलागि भण्डारीले बस्नेतको गुलामी गर्न सुरु गरेको आरोप समेत लागेको छ । स्वास्थ्य मन्त्री बन्ने भएपछि नै बस्नेतका केही व्यक्तीले भण्डारीलाई पुरानो फाईल अब मन्त्रीले खोल्ने भन्दै धम्की समेत दिएको बताइएको छ ।

सो सम्बन्धमा भण्डारीसंग यर्थात कुरो के हो भनी बुभ्mन फोन गर्दा उनको फोन लामो समयसम्म व्यस्त रहेको धुन आएको थियो । भण्डारीले चीनबाट सामान केही सिधै आफैले बेचेको र ठूलो परिणाममा उनभाई दलबहादुर भण्डारीको नाममा रहेको भण्डारी सर्जिकलबाट कालोबजारी गरेर देशका विभिन्न स्थानमा लगी बेचेको आरोप लागेको छ ।

त्रिपुरेश्वरमा रहेको गोदाममा सामान राखी बिक्री हुदै आएको छ । ओम सर्जिकल र मेडि कन्सर्न, प्रदेश साँसद मसिना खड्का भण्डारीको विकास सर्जिकल कन्सर्न प्रालि अहिले बस्नेतलाई खुशी बनाउन मरिहत्त गरेर लागेको बताइएको छ । ओम सर्जिकलका संचालक भण्डारी विवादित व्यक्ति हुन । उनले विगतमा टेकु अस्पताल र भक्तपुर अस्पतामा सामान खरिद प्रक्रियामा गरेको बदमासीबाटै आर्जन गरेको रकम हेम्स अस्पतालमा लगानी गरेको बताइएको छ ।

काँग्रेसभित्र भने उनै बस्नेतकै कारण मन्त्रीको सूची तयार हुन सकेको छैन । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाले ४ जनाको मात्र नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन् । भने अब ४ वटा मन्त्रालयकालागि काँग्रेसले नाम दिन सकेको छैन । त्यसैले बस्नेतको मन्त्री हुने हुन या नहुने हुन त्यसको टुङगो अझै लाग्न सकेको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!