स्वास्थ्य मन्त्रालयमा सर्जिकल व्यापारीको चलखेल : मन्त्री रिझाउन प्रतिस्पर्धा, मुद्दाको फाईल नखोल्न आग्रह

- May 4, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । अस्तिर सरकारका कारण महिनामै २/३ पटक मन्त्री फेरबदल हुदै आएको छ । यसरी मन्त्री परिवर्तनमा कृत्रिमान नै कायम गर्न लागेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा हालै केही मन्त्रीलाई नियुक्ती दिएको छ । सो नियुक्तीमध्ये अहिले बढी चर्चा रहेको छ ‘स्वास्थ्य मन्त्रालय’ ।

सो मन्त्रालय अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका मोहनबहादुर बस्नेतलाई जिम्मा लगाए लगत्तै विशेष गरि ‘सर्जिकल व्यवसायी’ हरुको भीड अहिले मन्त्रालयदेखि मन्त्रीको घरसम्म नै भीड लागेको छ । आफुअनुकुल निर्णय गराउनेदेखि मुद्दामा रहेका सर्जिकल व्यापारीहरुको भीड अहिले मन्त्रालयदेखि मन्त्रीको घरसम्म भीड लागेको हो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा स्वास्थ्य व्यवसायी र ठेकेदारलाई मंहगोमा प्रदेश टिकट बेचेको आरोप लागेका नेपाली काँग्रेसका साँसद बस्नेत स्वास्थ्यमन्त्री बने पछि स्वास्थ्य व्यवसायीहरुमा अहिले मन्त्री खुशी बनाउने होड नै चलेको छ । विहिबारदेखिनै बस्नेतको घर तीनकुनेमा ठूलो संख्यामा स्वास्थय व्यवसायी विशेष गरि सर्जिकल सामानको बिक्री गर्ने व्यवसायीहरुको ओहोर दोहोर बाग्लो भएको काँग्रेसका एक जिल्ला सदस्यले बताएका छन् ।

गत निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश सभाको चुनाब टिकट सर्जिकल व्यापारी मसिना खड्का भण्डारीलाई बिक्री गरेको भन्दै सो क्षेत्रका पुराना काँग्रेसका सदस्यहरुले खुलेलै विरोध गरेका थिए । तर सो विरोधलाई समेत दवाएर टिकट दिएको थियो । उनले सो प्रदेशमा जिते पनि काँग्रेसभित्र नै खुशी भने कोही नभएको गुनासो गरेका थिए ।

यसरी करोडौ रुपैयाँ खर्चिएर प्रदेश सभाको टिकट खरिददेखि निर्वाचनमा सोचेभन्दा बढी खर्च भएको भन्दै प्रदेश साँसद मसिना खड्का भण्डारीले सार्वजनिक रुपमै दुःखेशो गरेपछि टिकटमा खरिदबिक्री अत्याधिक भएको प्रष्ट भएको थियो । साँसद मसिना खड्का भण्डारीको त्रिपुरेश्वरमा ‘विकास सर्जिकल कन्सर्न प्रालि’ नामबाट स्वास्थ्य सामाग्री अत्याधिक मंहगोमा बिक्री गर्दै आएकी छिन् ।

अहिले सो सर्जिकल पसलमा प्रदेश साँसद मसिनाको श्रीमान् बस्ने गरेका छन् । यसरी खरिद बिक्रीका मुख्य पात्र बस्नेत अहिले संघको स्वास्थ्य मन्त्री बने पछि भने सो समुहको मुहारमा खुशी देखिएको सिन्धुपाल्चोककै एक जिम्मेवार बस्नेत निकट सदस्यले बताएका छन् । अर्कोतर्फ काँग्रेसको समानुपातिकको सूचीमा नाम पठाएर केन्द्रबाट हटाएका हेम्स अस्पतालका अध्यक्ष आर एस भण्डारी अर्थात रामशरण भण्डारी बस्नेतसंग टाँडिएको सम्बन्धलाई पनि मन्त्री बन्ने भएपछि एकाएक उनी नजिकिएको बताईएको छ ।

हेम्स अस्पतालमा सिन्धुपाल्चोकका जनताले उपचार गरेको खण्डमा ३० प्रतिशत छुट दिने भन्दै हुँकार गर्दैै आएका भण्डारीकै ‘ओम सर्जिकल कन्सर्न प्रालि’ ले स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्दै आएको आरोप लागेको छ । सरकारले तत्कालिन समयमा ओम सर्जिकलको कालोबजारीलाई ढाकछोप गरेको थियो ।

सो कारवाहीबाट बच्नकलागि उनले बस्नेतको साथ दिएको बताइएको छ । ओम सर्जिकलले सरकारसँग गरेको सम्झौताको दुरुपयोग गर्दै चीनबाट समान ल्याएर बुटवाल, कैलाली र इटहरीसम्म कालोबजारी गरेर संकटको अपराध गरेको बताइएको छ । ओम सर्जिकका प्रमुख समेत रहेका रामशरण भण्डारी (आर एस भण्डारी) ले चीनबाट तीन पटकसम्म स्वास्थ्य सामाग्री ल्याएका थिए ।

उनले सामान ल्याएर स्वास्थ्य विभागमा नबुझाई आफुखुशी अनेत्र लगी बेचेको बताइएको छ । सोही अबैधधन्दाबाट बच्नकैलागि भण्डारीले बस्नेतको समर्थनमा कार्य गरेको आरोप समेत लागेको छ । अर्कोतर्फ स्वास्थ्यमन्त्री बने लगत्तै बस्नेतका केही व्यक्तीले भण्डारीलाई पुरानो फाईल मन्त्रीले खोल्ने भन्दै धम्की समेत दिएको बताइएको छ ।

सो सम्बन्धमा भण्डारीसंग यर्थात कुरो के हो भनी बुझ्न फोन गर्दा उनी सम्र्पकमा आएनन् । भण्डारीले चीनबाट सामान केही सिधै आफैले बेचेको र ठूलो परिणाममा उनभाई दलबहादुर भण्डारीको नाममा रहेको भण्डारी सर्जिकलबाट कालोबजारी गरेर देशका विभिन्न स्थानमा लगी बेचेको आरोप लागेको छ ।

त्रिपुरेश्वरमा रहेको गोदाममा सामान राखी बिक्री हुदै आएको छ । ओम सर्जिकल र मेडि कन्सर्न, प्रदेश साँसद मसिना खड्का भण्डारीको ‘विकास सर्जिकल कन्सर्न प्रालि’ अहिले बस्नेतलाई खुशी बनाउन मरिहत्त गरेर लागेको बताइएको छ । ओम सर्जिकलका संचालक भण्डारी विवादित व्यक्ति हुन । उनले विगतमा टेकु अस्पताल र भक्तपुर अस्पतामा सामान खरिद प्रक्रियामा गरेको बदमासीबाटै आर्जन गरेको रकम हेम्स अस्पतालमा लगानी गरेको बताइएको छ ।

र यो पनि…

मन्त्री परिवर्तनसंगै सलबलाए सर्जिकल व्यापारी : उपहार बोकेर मन्त्रीको घरदैलोमा भीड

ओम सर्जिकलले विना अनुमति एन्टिजेन परीक्षण किट्स आयात : रोकियो विमानस्थलमै अबैध सामान

ओम सर्जिकल कन्सर्न र भन्सार कर्मचारीको मिलिमतोमा यसरी हुन्छ राजश्व छली

सिन्धु सर्जिकल कन्र्सनका संचालक भण्डारीको अबैधधन्दा : ऋण दिएको भन्दै लाखौ रुपैयाँ कमिशन बुझाउदै


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!