उपराष्ट्रपति पुनले सरकारी निवास छोडे

- March 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छाडेका छन् । बिहीवार पुन उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । सरेका हुन् । चुनावबाट नयाँ उपराष्ट्रपति आउने निश्चित भएपछि उनी निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

उनी उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं। १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । शुक्रवार उपराष्ट्रपतिको चुनाव छ । चुनावपछि नयाँ उपराष्ट्रपति आउने भएपछि पुनले निवास छाडेका हुन् । नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुनले निवास छाडेको उनले बताए ।

नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म पुनले निजी निवासबाटै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!