काठमाडौ । नेपाल चलचित्र कलाकार संघको १९ औ निर्बाचनबाट संघको नेतृत्व हत्याउन कलाकर्मीहरु सवै हतकण्डा अपनाएर चुनाबी मैदानमा उत्रेका छन् । अध्यक्षकालागि मोहन निरौला समुह र रेजिना उप्रेती समुहले उम्मेदवारी दिएका छन् । आगामी चैत ४ गते हुने निर्वाचनमा विभिन्न कलाकारहरुले मौकाको फाईदा उठाउदै अध्यक्षको प्रचारमा लागेका छन् । संघका महासचिव चेतबहादुर सिंहले उप्रेतीलाई सहयोग गर्ने बताएका छन् । सिहलेले जुनसुकै हालतमा उप्रेतीलाई जिताएर छोड्ने दाबी गरे ।
प्रतिक्रिया