विचौलियाको योजनामा सरकारले बढायो रासायनिक मलको मूल्य

- March 13, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गर्दैै विचौलियाको योजनामा रासायनिक मलको मुल्य बृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले दिदै आएको अनुदान कटौतीसँगै सबै प्रकारका रासायिनक मलको मूल्यबृद्धि गरेको छ । मन्त्रालयका अनुसार युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले बृद्धि गरेको छ ।

बृद्धि गरेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो ।सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढाएको छ ।

मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९ दशमलव ४ प्रतिशतमा झारेको छ । ११ दशमलव ७८ प्रतिशतले अनुदान कटौती गर्दा किसानलाई मलको खरिद लागत बढ्न गएको हो । मन्त्रालयकाअनुसार युरिया मलको अनुदान ८० दशमलव ११ प्रतिशतबाट घटाएर ६४ दशमलव ४९ प्रतिशत कायम गरिएको छ ।

यस्तै डीएपी मलको अनुदान ५९ दशमलव ४ प्रतिशतबाट घटाएर ५२ दशमलव ३८ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८ दशमलव २ प्रतिशत अनुदानलाई घटाएर ४६ दशमलव ०९ प्रतिशत कायम गरिएको मन्त्रालयले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!