नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर चयन

- November 14, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा त्रिभुवनधर तुलाधरलाई पुनर्निर्वाचित गरेको छ सो साधारण सभाले तुलाधरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको जनाएको छ । संघको निवर्तमान अध्यक्षमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ तथा उपाध्यक्षद्वयमा महेश्वर श्रेष्ठ र महेश शर्मा ढकाल निर्वाचित भएका छन् ।

संघको महासचिवमा विवेक पौडेल, कोषाध्यक्षमा विजय मुल्मी, सचिवद्वयमा निरञ्जन तिवारी र रुक्मिणी पौडेल निर्वाचित भएको संघले जनाएको छ । संघको कार्यसमिति सदस्यहरुमा विजय श्रेष्ठ, विक्रम पाण्डे, ज्ञानेन्द्ररत्न तुलाधर, हेमन्त अग्रवाल, ह्वाङ इर्डोङ, कुमार दाहाल र पवित्र घर्ती मगर रहेका छन् ।

यस्तै, पासाङ नुर्बु, पशुपतिभक्त श्रेष्ठ, रमेश शेर्पा, शितल शर्मा, स्कन्द अमात्य, सोवित उप्रेती, सिन चेन चेन, यमुना श्रेष्ठ र झाङ शाओई कार्यसमिति सदस्यमा निर्वाचित भएको संघले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!