धादिङ्गका विद्यार्थीलाई सहज : वेस्टर्न एजुकेसन सर्भिसेजको निलकण्ठमा शाखा संचालन

- September 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विगत ६ वर्ष देखि शैक्षिक परामर्श गर्दै आएको वेस्टर्न एजुकेसन सर्भिसेजको नयाँ शाखा आज देखि धादिङ्गको निलकण्ठ खुलेको छ। काठमान्डौको पुतलीसडकमा मुख्य कार्यालय रहेको वेस्टर्न को दोस्रो शाखा ३ वर्ष देखि गोंगबुमा संचालनमा रहेको छ। र अष्ट्रेलियाको सिड्नीमा पनि शाखा संचालनमा रहेको छ।

उच्च शिक्षा अध्ययनका बर्सेनि सयौं विद्यार्थी धादिङ्गबाट काठमान्डौ जाने गर्दछन्। विधार्थीहरुको सहजताका लागि शाखा नै खोलेर सेवा दिन अफिस स्थापना गरेको कम्पनीका निर्देशक विनय ढुंगानाले बताए।

विशेष गरि अष्ट्रेलिया र अमेरिका अध्ययन गर्न जाने विधार्थीलाई परामर्श दिँदै आइरहेको वेस्टर्न एजुकेसनले अघिल्लो वर्षदेखि भने क्यानाडा र युकेका लागि पनि विद्यार्थीलाई शैक्षिक परामर्श दिन सुरु गरेको थियो।

शिक्षा मन्त्रालयबाट सम्बन्धन लिएर संचालित वेस्टर्न एजुकेसन उच्च शिक्षाका लागि परामर्श दिने एक भरपर्दो संस्थाको रुपमा परिचित छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!