सरकार अराजक बनेर मेरो निवासमै प्रहरीको घेरा लगायो : निलम्बित प्रधानन्यायाधीश राणा

- September 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट सरकारले नै अवरोध गर्दै प्रहरी परिचालन गरेको अरारोप लगाएका छन् । उनी आईतबार बिहान ११ बजे सर्वोच्च जाने तयारी गरेपछि उनको निवासमै थप प्रहरी परिचालन गरेर नजरबन्द झै गरेको आरोप समेत लगाएका छन् ।

राणाले सर्वोच्च अदालत जाने तयारी गरिरहेको बेला सरकारले निवासमै रोकिदिएको बताए । उनले भने,‘निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएकाले मलाई अघोषित रुपमा नजरबन्दमा सरकारले राख्यो ।’ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने समेत बताए ।

जबराले आफू सर्वोच्च अदालत फर्किने सन्देश पठाएसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको तैनाथी बढाउनु र आप्mनो निवासमै प्रहरीको घेरा हाल्नु सरकार अराजक बनेको समेत टिप्पणी गरे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!