April 9, 2025, 11:10 pm

प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

फाल्गुन २५, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्री ओली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुअघि सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ  ।

प्रतिक्रिया