श्रीलंकाको लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उक्त पदमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
गत मंसिर ६ गते बसेको क्याविनेट बैठकले नेपालीलाई श्रीलंकाको राजदूत बनाउन सिफारिस गरेको थियो । त्यसपछि १४ पुसमा उनको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
प्रतिक्रिया