सरकारी जग्गामा चौधरी ग्रुपको कब्जा : विना अनुमति टिकट काट्दै ठगी

- March 28, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

रोशन कार्की
काठमाडौ । सत्ता र शक्ती भएपछि सरकारले पनि अबैधधन्दा गर्नेमाथी कारबाही गर्नेभन्दा पनि उल्टो साँसद बनाउदै संरक्षण गर्दै आएको पाइएको छ । शक्तिकेन्द्रमै रहनकैलागि पटकपटक दल परिवर्तन गरेर अबैधधन्दा चलाउदै आएको विश्वको धनीको सूचीमा नाम भएको हुँकार गर्ने चौधरी गु्रपले सरकारी सम्पत्तीको दोहन गरी आफुखुशी भोगचलन समेत गर्दा कारबाही गर्न सरकारले सकेको छैन ।

चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले एकपछि अर्को सरकारी जग्गा अतिक्रमण गरेर निजी भवन बनाएको प्रमाण सार्वजनिक हुदाँ समेत सो जग्गा फिर्ता लिने आँट सरकारले गरेको छैन । चौधरीले तराईदेखि पहाडसम्म अवैधरुपमा सरकारी जग्गा हडप्दै आफ्नो नाममा बनाउन लाखौँ रुपैयाँ सरकारी कर्मचारीलाई खुवाएर सफल हुँदै आएको भेटिएको छ ।

चौधरीले शक्तिकै आडमा सरकारी तथा निजी जग्गा हडप्दै आएको पछिल्लोपटक प्राप्त प्रमाणबाट खुलेको हो । आफूलाई ठूलो र सफल व्यवसायी भएको प्रचार गर्दै आएका चौधरीले नवलपरासीमा धर्मको नाममा सरकारी जग्गा लुटेर मन्दिर बनाएको प्रमाणित हुँदा समेत सरकारले कारबाही गर्ने आँट देखाउनसकेको छैन । एकातर्फ सरकारी जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएको छ भने सो जग्गामा निर्माण गरेको मन्दीर र कथित संग्राहलयको नाममा गेटमै बसेर विना अनुमति टिकक लिदै भित्र मान्छे पठाउदै आएको समेत पाईएको छ ।

नवलपरासीको देवचुली नगरपालिका–२, मा रहेको सीजी इन्डस्ट्रियल पार्क नामक स्थानमो सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भेटिएको छ । तत्कालीन नेकपा एमालेको सभासद् हुँदा सो नगरपालिकाको जग्गालाई जालझेल गरी चौधरी ग्रपले हडपेको भेटिएको छ । सो जग्गा भित्र निर्माण भएको संरचनाको भ्रमणकालागि जानेसंग चौधरी गु्रपले सर्वसाधारणका लागि प्रतिव्यक्ती १५० रुपैयाँ विद्यार्थीकोलागि प्रतिव्यक्ती ६० रुपैयाँ र क्यामेराको प्रतिवटा १ सय रुपैयाँ शुल्क असुली गर्दै आएको छ ।

सो अबैध कार्यका बारेमा सो ग्रुपमा सम्र्पक गर्दा संग्राहालयकालागिमात्र टिकटको व्यवस्था गरेको तर अन्य प्रयोजनकालागि भने टिकट नभएको बताएपनि चौधरीले गेटमै टिकक काटेरमात्र भित्र प्रबेश गराउदै आएको छ । सो ग्रुपले विभिन्न स्थानमा अधिकांश सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिगत रुपमा दर्ता गराएको समेत प्रमाणहरु प्राप्त भएको छ । पार्कको नाममा मन्दिर प्रवेशद्वारभित्र खोलाको सार्वजनिक जग्गामा दुई तले पक्की भवन निर्माण गरेको पाइएको छ ।

उनले भवन मात्रै होइन, प्रवेशद्वार नजिकको कर्कदह खोला पूरै अतिक्रमण गरेर बुद्धको मूर्ति राखेर सरकारी जग्गा हडपेको सो नगरपालिकाले चौधरी ग्रुपलाई काटेको पत्रबाट प्रष्ट भएको छ । चौधरी ग्रुपले धर्मको आडमा पहिला बनाउने र पछि सो जग्गा आफ्नै नाममा रैकर बनाउने रणनीति समेत रहेको चौधरी ग्रुपका एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताए । पैसा र शक्तिको आडमा देशलाई बुझाउनुपर्ने कर छली गरी नेपालबाट विदेशमा पैसा लगेर विश्वको धनीको सूचीमा परेका चौधरी ग्रुपका अध्यक्ष समेत रहेका सांसद् चौधरीको अर्को गैरकानुनी धन्दा नै बनेको छ ।

यसैगरी, पछिल्लोपटक अवैधधन्दा चलाउनकै लागि करोडौँ रुपैयाँ खर्चेर नेपाली कांग्रेसको सांसद् भएका चौधरीले आफ्नै कान्छो भाइ अरुण चौधरीको नाममा रहेको जग्गा हडपेर मापदण्डविपरीत भवन निर्माण गर्न लागेको गोप्य स्रोतले जनाएको छ । स्रोतले जनाएअनुसार सांसद् चौधरीले ललितपुर जिल्लाको साबिकको सैँबु गाउँ विकास समिति ४, हाल ललितपुर उपमहानगरपालिका वडा नम्बर २५ मा रहेको जग्गा हडपेको भेटिएको छ  ।

२०५०/०५९ सालमा नेपाल बैंकमा धितो राखिएको जग्गालाई अरुण चौधरीको नाममा रहेको सूर्य अटोमोबाइल्स कम्पनीको नाममा लक्ष्मी आचार्य समूहबाट सकारेको सो जग्गामा विनोदले आफ्नै भाइ अरुणसँग खोसेर भवन बनाउनलागेको स्रोतको दाबी छ । सूर्य अटोमोबाइल्सले तत्कालीन समयमा ८३ आना मात्र सकारेकोमा सांसद् चौधरीले भाइबाट खोसेर भवन बनाउने भन्दै सो जग्गाको अगाडि रहेको सरकारी जग्गा समेत अतिक्रमण गरी घेराबार लगाएको स्थानीय बासिन्दाले बताएका छन ।

अहिले सरकारी जग्गा समेत हडपेर १०५ आना जग्गा भएको प्रमाणपत्र लिएको समेत स्थानीयको दाबी छ । संघीय सरकारका तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निवाससँगै जोडिएको सो जग्गामध्ये सरकारी जग्गालाई सांसद चौधरी र महासेठ दुवैले अतिक्रमण गरेको स्थानीयको दाबी रहेको छ । भैँसेपाटी जाने मुख्य सडकसँगै जोडिएको सो जग्गाभित्र रहेको गनाउने धारा समेत चौधरी ग्रुपबाट अतिक्रमणमा परेको छ ।

यसरी सरकारी र निजी जग्गा अतिक्रमण गर्दै आएका सांसद् चौधरीले पछिल्लो समय आफ्नै परिवारभित्र जग्गा हडपेर मापदण्डविपरीत भवन बनाउँदा समेत स्थानीय प्रशासन तथा सम्बन्धित सरकारी निकायको ध्यान जानसकेको छैन । स्थानीय तहको निर्वाचनका समयमा सरकारी जग्गालाई पार्क बनाउने भन्दै सोही वडाका विष्णुबहादुर कार्कीलाई अध्यक्षमा विजय गराएको आरोप समेत लागेको छ ।

तर कार्की अध्यक्षमा निर्वाचित भएपछि सो सरकारी जग्गामा कुनै पार्क नबनाई पुर्वमन्त्री महासेठ र सांसद् चौधरीले बराबरी सरकारी जग्गा हडपेर भोगचलन गर्दै आएकै कारण उनीहरुमाथि सरकारले कारबाही गर्न सकेको छैन । सो ग्रुपमाथि नेपालमा स्थापनाकालदेखि नै कर, आयकर, राजस्व र मूल्यअभिवृद्धि कर (भ्याट) समेत छली गरी नक्कली बिलमार्फत कारोबार गर्दै आएको आरोप लाग्दै आएको छ । चौधरी ग्रुपले जनताबाट करोडौं रकम मात्रै होइन सरकारी अनुदानको हिसाब समेत देखाएको छैन ।

राज्यबाट ११ मिलियन डलर अनुदान पनि चौधरीले लिएको र सर्वसाधारणले विना सेवा करोडौं पैसा समेत असुली गरी ठगी गरेको आरोप सांसद चौधरीमाथि लागेको छ । चौधरी ग्रुपले सरकारलाई समेत ठगी गर्दा कुनै छानबिन गर्न सरकारले चासो नदिनुले पनि सो अवैध कारोबारमा सरकारी कर्मचारीकै संलग्नता रहेको अर्थ मन्त्रालयका स्रोतको दाबी छ ।

यसैगरी सरकारी जग्गा अतिक्रमण गर्नेक्रममा नेपाल आयल निगमको नाममा रहेको जग्गा समेत अतिक्रमण गरि कव्जा गर्न खोजेपनि निगले सो जग्गा फिर्ता लिएपछि मुद्दा हालेको थिउो । पछि प्रमाण दिन नसकेपछि चौधरी ग्रुपले निमगका विरुद्धमा हालेको मुद्दा फिर्ता लिई पछि हटेको छ । ल्यूब आयल लिमिटेड खरिद गरेका चौधरीले आयल निगमको जग्गा अतिक्रमण गरेको पाइएको हो  । अमलेखगञ्जमा आयल निगमको नाममा रहेको १२ बिघाभन्दा बढी जग्गा चौधरी ग्रुपले अतिक्रमण गरेर लिने प्रयास भने पछिल्लो समयमा विफल हुन पुगेको छ ।

चौधरी ग्रुपलाई झड्का : आयल निगमको जग्गा मुद्दा आफैले लियो फिर्ता

चौधरी ग्रुपको अबैध हर्कत चुलियो : चितवनको सिजी ल्याण्ड मार्कका कारण सेनालाई नै चुनौती


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट