चौधरी ग्रुपको अबैध हर्कत चुलियो : चितवनको सिजी ल्याण्ड मार्कका कारण सेनालाई नै चुनौती

- January 3, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चितवन । मुलुककै प्रतिष्ठित व्यापारीक घराना सीजी ग्रुपको एकपछि अर्को कतुर्त सार्वजनिक भइरहेका छन् । व्यापारका नाममा केन्द्रदेखि स्थानिय सरकारलाई यतिवेला चौधरी ग्रुपले चुनौती दिएको छ । नक्कली भ्याट काण्डमा सर्वोच्च अदालतमा मुद्दा खेप्दै आएको चौधरी समूहले राज्यको मापदण्ड विपरित काम गर्दै आइरहेको समेत खुलासा भएको छ । यती समूहले पाएको गोकर्ण रिसोर्टको जग्गा हत्याउनदेखि दरबारमार्गको नेपाल ट्रस्टको जग्गा समेत कब्जा गर्न नसकेपछि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि मिडिया दुरुपयोग गरी यती प्रकरणमा सरकारको बद्नाम गरेको आरोप लाग्ने गरेको छ ।

त्यसो त चितवनको भरतपुर महानगरमा सुविधा सम्पन्न सपिङ मल बनाउने नाममा भरतपुर महानगरलाई नै चुनौती दिएको सीजी ग्रुपको अवैध सिजी ल्याण्ड मार्कले उपभोक्तामाथि ठगि गरिरहहेको गुनासो समेत सुनिन थालेको छ । नेपाली सेनाको व्यारेक नजिकै निर्माण भएको उक्त मलले सुरक्षामा समेत चुनौती थपिएको भन्दै सेनाले आपत्ति जनाइसकेको छ । सैनिक ब्यारेक नजिकै सुरक्षामा गम्भीर असर पुग्ने गरी निर्माण गरिएको भवनको झ्याल अझै बन्द गरिएको छैन् ।

त्यसो त व्यापारका नाममा उक्त सपिङ मलमा जाने उपभोक्ताहरु सामान किन्दा बजार मूल्य भन्दा तेब्बर मूल्य तिर्न बाध्य छन् । उक्त मलमा ग्राहक मात्र होइन, व्यापारीहरु समेत ठगिएका छन् । व्यापारीहरुले चर्को मुल्य तिरेर पसल सञ्चालन गरिरहेको एक व्यापारीले गुनासो गरेका छन् । मलबाट उठाउने भाडादर महंगो भए पनि घर बाहल कर कम तिर्नका लागि भाडा रकम कम देखाउने गरिएको विषयमा महानगरको कर शाखाले छानविन थालेको बुझिएको छ । त्यसैगरी विजुलीको दर समेत आफु खुसी गरेर व्यापारीहरुसँग बढि मूल्य असुलीरहँदा पनि सीजीमाथि छानविन हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरणले बढि रकम लिनेमाथि कारबाही गर्ने जनाए पनि चौधरीकै कारण सीजीले भने छुट पाइरहेको छ । मलमा निर्माण गरिएको सिनेमा घर पनि मापदण्ड विपरित रहेको छ । आफु खुसी बनाएको १० तले भवनको नक्सा अर्कै बनाएर पास गराउन महानगरमा दबाब दिनका लागि चौधरी निकट गिरोह नै लागिपरेको थियो । ९ तल्लाको स्वीकृती लिएर १० तल्लाको मल निर्माण गरिएपछि चौधरी समूहको प्रभावमा महानगरपालिका परेको हो कि भन्ने आशंका उब्जिएको छ  भन्दै यूनाइटेड पोष्टले समाचार छापेको छ । । विश्वकै धनाड्य सूचीमा रहेका चौधरीले पैसाकै आडामा महानगरलाई दलालमार्फत अनावश्यक दबाबमा राख्ने प्रयास गरेको पनि स्रोतले बतायो । यस विषयमा महानगरले भने सबै जनतालाई एउटै खालको नीति हुने भन्दै सीजीको नक्सा पास रोक्दै आएको जनाए पनि १० तल्ले भवन भने बनिसकेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!