February 23, 2025, 11:31 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर

फाल्गुन ११, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले मुलुक ‘ग्रे लिस्ट’ मा परेको कारण सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सापकोटाले उक्त माग गरेपछि एमाले नेता राजन भट्टराईले माओवादी केन्द्रका कारण मुलुक ‘ग्रे लिस्ट’ मा परेको जवाफ दिएका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेख्दै चार वटा कारणले मुलुक ‘ग्रे लिस्ट’ मा परेको र त्यसको नैतिक दायित्व माओवादीले लिनुपर्ने दाबी गरेका छन् ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी पेरिसस्थित अन्तर्राष्ट्रिय संस्था एफएटीफले अस्ति मुलुकलाई दुई वर्षका लागि ‘ग्रे लिस्ट’ मा राख्ने निर्णय गरेको छ । त्यसपछि उत्पन्न हुने परिस्थितिलाई आफ्नै ढंगले व्याखा गर्दै नेताहरुले विभिन्न तर्क गरेका छन् ।
राजन भट्टराईले माओवादी हिंसा र सम्पत्ति शुद्धीकरणको सम्बन्धमा भन्दै लेखेका छन्, ‘माओवादी युद्धकालमा अकुत सम्पत्ति जम्मा गरियो, जुन अनुगमन हुन सकेन । जबरजस्ती चन्दा, लुटपाट र अपहरणबाट उठाएको पैसा अहिले पनि वित्तीय प्रणालीमा अस्वच्छ रूपमा मिसिएको छ ।’

मुलुकमा वित्तिय पारदर्शिताको अभाव, गैरकानुनी लेनदेनको निगरानी कमजोरी रहेको र आतंकवादी गतिविधिमा आर्थिक सहयोग हुनसक्ने सम्भावनाबारे प्रचण्ड प्रधानमन्त्री भएका बेला नै एफएटीएफले पटक–पटक चेतावनी दिएको उनको दाबी छ । भटट्राई लेख्छन्, ‘२०६३ पछि माओवादी नेतृत्व सरकारमा आएदेखि नै आर्थिक अनियमितता बढ्दै गयो । सरकारमा हुँदा कानुनी सुधार नगर्ने, अनुगमन कमजोर पार्ने र आफ्ना भ्रष्ट नेताहरूलाई जोगाउने खेल माओवादीले नै गर्यो ।’

माधव सापकोटाले नैतिकताको कुरा उठाउनुअघि प्रचण्डले राजीनामा दिनुपर्ने उनको धारणा छ । भन्छन्, ‘पहिला प्रचण्ड स्वयंले नैतिक जिम्मेवारी लिएर राजनीतिबाट संन्यास लिनुपर्छ । माओवादी नेतृत्वकै कारण आज नेपाल अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको नजरमा अस्वच्छ देखिएको हो ।’

एमाले नेताले माओवादीका कारण नेपाल भ्रष्टाचारको अखडा बनेको र आफैंलाई चोखो देखाउने कोशिस माओवादीले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व परराष्ट्र सल्लाहकारको आरोप छ ।

प्रतिक्रिया