February 23, 2025, 3:36 pm
» बाबुरामका ज्वाइसहित ९ जना नयाँ शक्तिको केन्द्रीय सदस्यमा मनोनित » पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल » ठमेल, सोह्रखुट्टे र गौशाला क्षेत्रबाट सात जना बंगलादेशी पक्राउ » पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

प्रधानमन्त्री ओलीको आज ७४औं जन्मदिन

फाल्गुन ११, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले जानकारी दिएका छन् ।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’
ओलीको जन्म बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा भएको थियो।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन् । उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमालेको अध्यक्ष बनेदेखि लगातार पार्टीको अध्यक्ष छन् ।
पछिल्लो पटक २०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा फेरि अध्यक्ष चुनिएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री रहेका छन् ।

प्रतिक्रिया