February 23, 2025, 3:31 pm
» बाबुरामका ज्वाइसहित ९ जना नयाँ शक्तिको केन्द्रीय सदस्यमा मनोनित » पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल » ठमेल, सोह्रखुट्टे र गौशाला क्षेत्रबाट सात जना बंगलादेशी पक्राउ » पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

अस्ट्रेलियाले सरकारी उपकरणमा डिपसिक चलाउन लगायो प्रतिबन्ध

माघ २२, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

अस्ट्रेलियाले चिनियाँ एआई च्याटबट डिपसिकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाएको छ। डिपसिक आफ्ना लागि सुरक्षा खतरा हुने अस्ट्रेलियाको दाबी छ।

जनवरीमा सार्वजनिक भएको डिपसिकले अमेरिकाका अगुवा एआई कम्पनीहरूलाई टक्कर दिएको थियो। सस्तोमै निर्मित डिपसिकको सफलतापछि अमेरिकी प्रविधि कम्पनीहरूको सेयर मूल्यमा ठूलो धक्का लागेको थियो।

चीनमा निर्मित भएकाले नभई राष्ट्रिय सुरक्षामा खतरा हुने भएकाले प्रतिबन्ध लगाइएको अस्ट्रेलियाको दाबी छ।

कुनै पनि सरकारी संस्थाले डिपसिकको प्रयोग गर्न नपाइने र गरेको भए हटाउनुपर्ने अस्ट्रेलिया सरकारको भनाइ छ।

आम नागरिकका लागि भने प्रतिबन्ध लगाइएको छैन।

उसो त पश्चिमा मुलुकहरूले चिनियाँ प्रविधिमा शंका गर्ने प्रचलन नयाँ होइन। यसअघि ह्वावेमाथि विभिन्न मुलुकले प्रतिबन्ध लगाएका थिए। अमेरिकामा टिकटक पनि प्रतिबन्धको सँघारमा छ।

डिपसिकका हकमा पनि इटलीदेखि आयरल्यान्ड, फ्रान्स र दक्षिण कोरियासम्मले चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी नौसेनाले पनि आफ्ना सैनिकहरूलाई डिपसिक प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया