January 25, 2025, 1:02 am
» प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैँलाई कारबाही गर्नुस् भन्ने पहिलो प्रधानमन्त्री मै हुँ : प्रचण्ड » उच्च अदालतको आदेशपछि २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल » भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु » एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित » सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी

यसपालि आगलागीको जोखिम बढ्नसक्ने, सचेत हुन आग्रह

माघ ११, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, ‘क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाको जोखिम थप बढ्ने सम्भावना छ ।’

उनले आजै मात्र काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाबाट सुरु भई बेथानचोक गाउँपालिकाको वन क्षेत्र र देशका अन्य स्थानमा लागिरहेको वन डढेलो र त्यस घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको बताए ।

उनले अहिले वन डढेलो क्रमशः निभाउने प्रयास भइरहेको जानकारी दिए ।

प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै आगलागी भइहालेमा निभाउनका लागि पूर्व तयारीमा रहन पनि सरोकारवालालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया