February 26, 2025, 7:03 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

उच्च अदालतको आदेशपछि २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

माघ ११, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

काठमाडौँ । सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

काठमाडौँको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश-०२-०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया