February 26, 2025, 6:31 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु

माघ ११, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

नयाँ दिल्ली – पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखाना भित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भंडारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए ।

विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुरहरु फसेका थिए ।अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन् । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।

विष्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।उद्धार टोलीहरू घटनास्थलमा तैनाथ छन् । प्रभावितहरूलाई सहयोग पु¥याउन सबै प्रयासहरू भइरहेका छन्,” सिंहले सामाजिक सञ्जालमा पोस्टमा उल्लेख गरेका छन्

प्रतिक्रिया