February 24, 2025, 6:12 am
» भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी

माघ ११, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

लमजुङ,  । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताए। लमजुङको सुन्दर बजारमा शुक्रबार १०औं सुन्दर बजार महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।
सहकारी ठगीमा संलग्न जुनसुकै दलका भए पनि कारबाही हुने उनको भनाइ छ। ठगीमा संलग्नलाई कारबाही गर्दै  पीडितलाई न्याय दिने उनको दाबी छ।
‘सहकारी ठगीमा संलग्न काँग्रेस एमालेलाई कारबाही भएको छैन, खाली रास्वपाका सभापति रवि लामिछानेलाई समातेको छ।खेदेको छ, घेरेको छ भन्नेकुरा तपाईंहरूको भ्रम मात्र हो’, मन्त्री गुरुङले भने, ‘संकटग्रस्त २२ वटा सहकारीको छानबिनका लागि माननीय सूर्य थापा नेतृत्वको सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समितिले अभियोजन गरेका, कारबाहिका लागि किटान गरेका सबैलाई कारबाही हुन्छ, ढिलोचाँडो मात्र हो।’
मन्त्री गुरुङले सहकारीका विषयमा न्यायिक निकायमा गएको मुद्दालाई नाराजुलुस र हुलदंङ्गा गरेर प्रभावित नपार्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया