January 24, 2025, 9:33 am
» नेपाल सामु मलेसियाले प्रस्तुत गरयो ४६ रनको लक्ष्य » गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने » १२ वर्षका बालकले गरे घाँटी रेटेर तीन वर्षीया बालिकाको हत्या » ८० सांसदलाई देखाएर कांग्रेसलाई फकाउने रणनीतिमा दाहाल » क्याम्पस जाँदै गरेकी किशोरी बलात्कृत, प्रतिकार गर्दा हात भाँचियो

आजको मौसमः तीन प्रदेश्को मौसम आंशिक बदली रहने

माघ ११, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं,  । हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने  कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया