February 26, 2025, 7:27 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

क्याम्पस जाँदै गरेकी किशोरी बलात्कृत, प्रतिकार गर्दा हात भाँचियो

माघ ११, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

सप्तरी,  । सप्तरीमा विद्यालय जाँदै गरेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका– १ का १९ वर्षीय अकलेशकुमार मण्डल रहेका छन् ।

बुधबार बिहान करिब ५ः४५ बजेको समयमा विद्यालय गइरहेकी १७ वर्षीया किशोरीलाई ती किशोरले सप्तरीको विष्णुपुर गाउँपालिका-७ स्थित कोशी पश्चिमी नहरको दक्षिणी क्षेत्रमा बलात्कार गरेको आरोप छ ।

बलात्कारको प्रतिकार गर्ने क्रममा किशोरीको बायाँहात भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोटको नीलडामसमेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कक्षा ११ मा पढ्ने किशोरीकै जाहेरीका आधारमा आरोपी मण्डललाई पक्राउ गरिएको छ ।

उनीमाथि बिहीबार सप्तरी जिल्ला अदालतबाट १० दिनको अनुमति लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया