February 26, 2025, 7:50 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

नेपाल सामु मलेसियाले प्रस्तुत गरयो ४६ रनको लक्ष्य

माघ ११, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं,  । मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

जोहर क्रिकेट एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको हो ।

नेपाल बिरूद्द उत्रिएको मलेसियाकी नुरीमनले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक चार विकेट लिएकी थिइन् ।

यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो ।

समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

प्रतिक्रिया