काठमाडौं, । भारतको एक अदालतले योगगुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पालक्कड जिल्ला अदालतले रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो ।
सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।
प्रतिक्रिया