January 22, 2025, 9:54 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

सिद्धार्थ बैंक: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख कमायो

माघ ७, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं,  ।  सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ५३.३६ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिमा
बैंकको खुद ब्याज आम्दानी ०.३० प्रतिशत तथा सञ्चालन आम्दानी ४.४० प्रतिशतले सामान्य आम्दानी आएपनि इम्पेयरमेन्ट चार्ज भारी मात्रमा बढेपछि नाफा उच्चदरले घटेको हो । तर, इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोडबाट बढेर २ अर्ब २६ करोड पुगेको छ । इम्पेयरमेन्ट चार्ज उच्च भएपछि सञ्चालन मुनाफा ५४.३७ प्रतिशत घटेको छ ।
बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ ।
सिद्धार्थको खराब कर्जा दर २.५६ प्रतिशत बाट बढेर ४.५० प्रतिशतमा पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसाले घटेर ७ रुपैयाँ ५३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९८ रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया