बलेफी गाउपलिकाका अध्यक्ष क्षेत्रीनै कालोसूचीमा…(भिडियो सहित)

- January 23, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई समयमा नतिर्ने व्यवसायीहरुको सूची अहिले लामो हुन पुगेको छ । सुरुमा शक्ति र पैसाकै बलमा धेरैभन्दा धेरै रकम कर्जा लिई समयमा नबुझाउनेमा प्रतिष्ठित उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष र पुर्वसांसदका साथै बहालवाला गाउँ पालिका अध्यक्षसमेत कालो सूचीमा रहेको फेला परेको छ । विभिन्न व्यवसाय गर्ने भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्नेहरुको संख्यामा पछिल्लो समय अत्याधिकमात्रामा बृद्धि भएकोछ । कर्जा सूचना केन्द्र लिमिटेडले उपलव्ध गराएको विवरण अनुसार १० हजार ८ सय ९९ व्यवसायी तथा तिनले सञ्चालन गरेका संस्था कालोसूचीमा परेको तथ्याङक उपलव्ध गराएको छ । कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाको सिफारिसमा कर्जा सूचना केन्द्रले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालदेखि सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकाका अध्यक्ष केदार खत्री क्षेत्री समेत कालोसूचीमा परेका छन् ।

अध्यक्ष खत्रीले बैंक तथा बित्तिय संस्थामा ऋण नतिर्ने सूचीमा बिगत २०६९ सालदेखि हालसम्म रहेकोे छ । २०७२ स्थिानीय निर्वाचनको समयमा उनको आठ वटा बैंक तथा बित्तिय संस्थाहरुको ४० करोड रकम तिर्न बाँकी देखिएकोले उक्त बैंक तथा बित्तीय संस्थाहरुको सिफारिशमा कर्जा सूचना केन्द्रले उनलाई कालो सूचीमा राखेको थियो । अध्यक्ष खत्रीले कम्पनीको नाममा, आफ्नो नाममा र श्रीमतीको नाममा कर्जा लिएर नतिरेको केन्द्रले जनाएको छ । राजनीतिको आडमा बैंक तथा बित्तिय संस्थाबाट अकुत रकम हात पार्ने र नतिर्ने गरेको आरोप उनीमाथी लाग्दै आएको छ । उनले सिद्धार्थ डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक, यति डेभलपमेन्ट बैंक, एनआईसी एशीया बैंक लगाएतका बैंकहरूबाट लिएका थिए । गंगा तामाङले उनि विरुद्ध ब्ल्याक लिष्टेट र आर्थिक रुपमा राज्य भित्र सञ्चालित बैंक तथा वित्तिय संस्थाहरुलाई अटेर गर्दै करोडौं रुपैयाँ लिएर राजनैतिक आडमा फरार रहेको ब्यक्ति गाउँपालिका जस्तो गरिमामय पदमा रहन अनुचित भएकोले पदमुक्त गराईपाउँ भन्दै उच्च अदालत पाटनमा मुद्दासमेत दायर गरेका थिए ।


नेपाल ट्रक कन्टेनर व्यावसायी संघका संस्थापक महासचिव र दुइ कार्यकालसम्म अरनिको यातायात सेवा समितिका अध्यक्ष सम्हालेका केदार क्षेत्रीले संसार यातायात सेवाको नाममा, ब्यक्तिगत नामबाट, श्रीमतीको नामबाट गरि आठ वटा बैंक बित्तिय संस्थाबाट ऋण लिएको जनाइएको छ । उनीमाथी गाउँपालिका कार्यालयमा आफु अनुकलको कर्मचारी समेत राख्दैआएको आरोप समेत लागेको छ । अध्यक्ष क्षेत्रीले नीतिगत भ्रष्टाचार गरको समेत आरोप स्थानीयहरुले लगाएका छन् । नेकपाका बरिष्ठ नेता माधबकुमार नेपाल निकट मानिने क्षेत्रीले आफु अनुकुल गाउपालिका चलाउदै आएको जनाइएको छ ।
उनले आफु निकटको कोर टिम बनाएर प्रधानमन्त्री रोजगार कार्याक्रमका संयोजक पदमा समेत आफु निकटको ब्यक्ति ज्ञानु तामाङलाई कम्प्युटरको सामान्य ज्ञान भएका पालिकाको कम्प्युटर ईञ्जिनियरको जिम्मा दिएको समेत आरोप लागेको छ । उनलाई कम्प्युटर प्राक्टिस परीक्षमासमेत अन्य परिक्षर्थीहरुलाई भन्दा २० मिनेटको समय थप गरिदिएको थियो । त्यस्तै कम्प्युटर ईञ्जिनियर, योजना शाखा लगाएतका सम्पूर्ण टिम अफू अनुकुल टिम बनाउनु र करोडौंको ऋण सल्ट्याउँदै जानुले पालिकामा नीतिगत भ्रष्टाचार मौलाउने खतरा बढेको छ । अध्यक्ष क्षेत्रीको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थामा रहेको संस्थापक तथा साधारण शेयरहरु लिलाम बिक्री भएको छ । ऋण असुली न्यायाधिकरणद्वारा पटकपटक सूचना प्रकाशित गर्दा समेत ऋण नबुझाएपछि शेयरहरु लिलामी गरेको खुलेको छ । कैलाश विकास बैंक लिमिटेड वादी र प्रतिवादी केदार खत्री भएको संवत २०७२ सालको मुद्दा नं ३६७/०९ को सम्बन्धमा यस न्यायाधिकरणको मिति २०७५ फागुन ३० को आदेश अनुसार वादी बैंकको नाउँमा यस न्यायाधिकरणबाट रोक्का रहेको तपसिलमा उल्लेखित शेयर जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले बैक तथा वित्तीय संस्थाको ऋण असुली एन, २०५८, बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमवाली, २०५९ तथा अन्य प्रचलित कानूनको अधिनमा रही देहायका शर्तहरु पालना गर्ने गराउने गरी यो सिलबन्धी बोलपत्र आह्वान गरेको जनाएको छ । प्रतिवादी केदार खत्री क्षेत्रीको नाउँमा रहेको सिन्धु विकास बैंक लिमिटेडको ६२१७ कित्ता, जनता बैंक नेपाल लिमिटेडको ७२८६ कित्ता संस्थापक शेयर र २७१४ कित्ता सर्वसाधारण शेयर र रिलायबल डेभलपमेन्ट बैंकको १९८३ कित्ता संस्थापक शेयर समेत जम्मा १८२०० कित्ता शेयर समेत लिलामी भएको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!