January 16, 2025, 9:52 am
» सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा » सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को » प्रधानमन्त्री ओली पोखरामा » डस्टबिनभित्र सालनालसमेत नकाटिएको अवस्थामा नवजात शिशुको शव फेला » हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री

संसदका बिपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

माघ ३, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,  । संघीय संसदका विपक्षी ६ दलहरूले आज पत्रकार पत्रकार सम्मेलन गर्दैछन ।

हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन ।

अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।

आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ। बिपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकेको थियो ।

आजको पत्रकार सम्मेलनमा बिपक्षी दलका शिर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ। समय र स्थानबारेमा भने खुलाइएको छैन् ।

प्रतिक्रिया