February 22, 2025, 6:47 pm
» Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो » बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य

सुनसरीका पर्यटकीयस्थलमा वनभोज खानेको लर्को

माघ ३, २०८१ मा प्रकाशित | १२२०दर्शक तीव्रखबर

इनरुवा (सुनसरी), । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलमा हिउँदयामसँगै वनभोज खान आउनेको लर्को लाग्न थालेको छ । अर्ना र चराका लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षसहित बर्जु ताल, २२ बिघा, अन्य तालतलैयालगायतका स्थानमा वनभोज खान आउनेको लर्को लाग्न थालेको हो ।पूर्वाधार निर्माणसँगै यातायात सुविधा पुगेपछि वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय मिथलेश यादवले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्जु तालमा बिदाका दिन पाँच देखि १० समूहसम्म वनभोजका लागि आउने गरेका छन् ।

यहाँका सबै वनभोजस्थलमा पानीको सुविधा पु(याइएको छ । मनोरम दृश्य हेर्न सकिने र व्यवस्थितसमेत भएकाले वनभोजका लागि आकर्षक थलो बनेको स्थानीय व्यवसायी कृष्ण श्रेष्ठको भनाइ छ ।

वनभोज खान आउनेलाई ध्यानमा राखी खानेपानी, शौचालय र प्रतिक्षालयसमेत निर्माण गरिएको छ । कोशी टप्पुमा वनभोजसँगै विभिन्न चराको अवलोकन गर्नुका साथै अर्ना, हात्ती जस्ता जङ्गली जनावरसमेत अवलोकन गर्न आउने गरेको आरक्ष क्षेत्रका स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया