February 24, 2025, 12:05 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

माघ ३, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न ढिला गर्न नहुने बताएका छन् ।

बेलायत भ्रमणमा रहेका नेता कोइरालाले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् अधिवक्ता त्रिपाठीमाथि कारबाही गर्न ढिला गर्न नहुने बताएका हुन् ।

‘लोकतन्त्रमा कुनै बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो,’ कोइरालाले लेखेका छन्, ‘यस्ता कार्यको सबै मिलेर निन्दा गरौँ । दोषीमाथि कारबाही गर्न ढिला नगरौँ ।’

काठमाडौं जिल्ला अदालतमा सहकारी पीडित पक्षको प्रतिनिधित्व गरी फर्कने क्रममा बुधबार अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेका थिए ।

प्रतिक्रिया