February 23, 2025, 2:56 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सैफ अली खानको ढाडवाट निकालियो २ इन्चको चक्कुको टुक्रा

माघ ३, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

मुम्बई,  । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा भएको हमलाले बलिउड र उनका फ्यानलाई स्तब्ध बनाएको छ ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । आक्रमणकारी मध्यरातमा पोस सोसाइटीको फ्ल्याटमा कसरी प्रवेश गरे भन्ने प्रश्न उठिरहेको छ ।

अभिनेता सैफलाई उनको बान्द्राको फ्ल्याटमा बिहान १ देखि २ बजेको बीचमा अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको थियो, जसमा उनी घाइते भएका थिए र शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका थिए।

लीलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीका अनुसार सैफ अली खानको शरीरमा ६ घाउ देखिएको छ, जसमध्ये २ गहिरो रूपमा रहेका छन् ।
एउटा घाउ उनको मेरुदण्डको नजीक र अर्को घाँटीमा छ। उनको शल्यक्रिया सकिएको छ ।

उनको दुईवटा गहिरो घाउमा प्लास्टिक सर्जरी गरिएको लीलावती अस्पतालका चिकित्सकले बताएका छन् । लिलावती अस्पतालका चिकित्सकले सैफको शरीरमा चक्कुको टुप्पोको दुईवटा निशान घाँटीमा रहेको मिडियालाई बताएका छन् ।

उनका अनुसार सबैभन्दा ठूलो घाउ उनको मेरुदण्डमा थियो । डाक्टरले भने- ‘हामीले मेरुदण्डबाट यति ठूलो (औँलाको इशाराले) साढे दुई इन्चको चक्कुको टुक्रा निकालेका छौं ।’

यतिखेर अस्पतालमा श्रीमती करिना, छाेरी सारा अलि खानसहित परिवारका अन्य सदस्य अस्पतालमा पुगेका छन् ।

प्रतिक्रिया