दराज अनलाइन सपिङ्ग नामक संस्थाद्वारा विनाअनुमति सामान बिक्री : सरकार मुकदर्शक

- November 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की………….

काठमाडौं ।  दराज अनलाइन सपिङ्ग नामक कम्पनीले सामान बिक्री गर्ने अनुमतिनै नलिई बिक्री गर्दै आएका छ । सरकारी अनुमति बिनानै अत्याधिक मंहगाेमा सामान बिक्री गर्दै आउदै गर्दापनि कुनै अनुसन्धान समेत नगरी माैन बस्दै अाएकाे छ । साे संस्थाले प्रचलित दररेटभन्दा ८० प्रतिशत बढी मुल्यमा बिक्री गरि उपभोक्तामाथी ठगी गर्दै आएकाे छ।  बढ्दो सूचना  र प्रविधिको प्रयोग गरि केही संस्थाले अनलाईन सपिङ्गकाे नाममा ठगीधन्दा चलाउदै आएकाे पाईएकाे छ।अन्य विकसित मुलुकहरुको प्रविधिको सिको गर्ने चासो र रहरलाई सदुपयोग गर्दै केहि व्यक्तिहरु संगठित रुपमा नयाँ प्रविधिलाई ‘ठगी खाने भाँडो’ काे रूपमा प्नयाेग गरेका छन्इ । यसैक्रममा हेको भेटिएको छ । ‘दराज’ को अनलाइन सपिङको नाममा संगठित व्यक्तिहरुले अहिले ‘अनलाइन’ व्यापारको नाममा उपभोक्तालाई ठगी गर्दै आएकाे गुनासाे दैनिक तीब्रखवर डटकममा आउनेक्रममा बृद्वि हुँदै गएकाे छ । साे अनलाइन सपिङको जायण्ट अलिबाबाको दक्षिण एशिया संस्करण दराजले ११.११ अर्थात् नोभेम्बर ११ लाई आफ्नो ‘सेल डे’ मनाउने भनेर सामाजिक सञ्जालदेखि मिडियाबाट ठूलै प्रचारबाजी गरेर शहरिया उपभोक्ताहरुको ध्यान आफूतिर खिच्दै आएकाे छ ।

भारी रूपमा  डिस्काउन्ट दिने भन्दै ‘मेगा डिल’ को प्रचारसहित कराेेेडाैैभन्दा बढी सामानको लिस्ट रहेको भन्दै प्रचार–प्रसार गर्दैै आएकाे   छ। नोभेम्बर ११ मा भारी छुटकाे नाममा मंगलबार राजधानीमा पत्रकार सम्मेलन समेत गरेकाे छ । कराेडाै रूपैयाँकाे सामान बिक्री गर्ने तर सरकारलाई बुझाउनु पर्ने मुल्यअभिबृद्वि कर (भ्याट) र आयकर समेत छली गर्दै आएकाे छ । कर र भ्याट छलि गर्दै आफ्नाे मुल्यमा सामान बेच्दै अाएकाे  दराजले जसरी हेभी डिस्काउन्टको प्रलोभन देखायो, त्यो केवल झुट मात्रै भएको यसका उपभोक्ताहरु बताउँछन् ।

अहिले अनलाइन सपिङ र भारी छुटको नाममा ‘दराज’ ले उपभोक्तालाई ठग्ने काम भइरहेको कुरा सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । दराजले आफ्नो आक्रामक प्रचार शैलीमार्फत उपभोक्तालाई विभिन्न वहानामा ठगी गर्ने गरेको खुल्न आएको छ । दराजबाट सेवा लिएकाहरु आफू पहिलोपल्ट नै ठगीमा परेको गुनासो गरेका छन् ।

दराजले मेगा सेलमा राखेको पाइडुको यो लेडिज वाचको मूल्य दराजमै दुई तीन वटा राखिएको छ । दराज लगायत अन्य सपिङ्ग अनलाइनले देखाउने सामान र डेलिभर गर्ने सामानमा फरक रहेकाे समेत गुनासाे गरेका छन् । सय प्रतिसत सुुती कपडा भनिएपनि डेलिभर गर्नेबेला पाेलिथिन मिसिएको कपडा दिने गरेकाे आराेप लागेकाे छ । साे सम्बन्धमा दराजमा पटकपटक आधिकारिक व्यक्तिसंग सम्पर्क गर्दा काेही पनि सम्पर्कमा आएन्न । साे ठगी सम्बन्धि थप विवरण आउनेक्रम जारी रहेकाे छ ।

यो पनि पढ्नु भयो ?

दराज सपिङ्ग अनलाइनको ठगीधन्धा: ११:११ को नाममा लुट, कर र भ्याट छली


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!