दराज सपिङ्ग अनलाइनको ठगीधन्धा: ११:११ को नाममा लुट, कर र भ्याट छली

- November 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की………….

काठमाडौं । बढ्दो सूचना  र प्रविधिको प्रयोग गरि केही संस्थाले अनलाईन सपिङ्गकाे नाममा ठगीधन्दा चलाउदै आएकाे पाईएकाे छ।अन्य विकसित मुलुकहरुको प्रविधिको सिको गर्ने चासो र रहरलाई सदुपयोग गर्दै केहि व्यक्तिहरु संगठित रुपमा नयाँ प्रविधिलाई ‘ठगी खाने भाँडो’ काे रूपमा प्नयाेग गरेका छन्इ । यसैक्रममा हेको भेटिएको छ । ‘दराज’ को अनलाइन सपिङको नाममा संगठित व्यक्तिहरुले अहिले ‘अनलाइन’ व्यापारको नाममा उपभोक्तालाई ठगी गर्दै आएकाे गुनासाे दैनिक तीब्रखवर डटकममा आउनेक्रममा बृद्वि हुँदै गएकाे छ । साे अनलाइन सपिङको जायण्ट अलिबाबाको दक्षिण एशिया संस्करण दराजले ११.११ अर्थात् नोभेम्बर ११ लाई आफ्नो ‘सेल डे’ मनाउने भनेर सामाजिक सञ्जालदेखि मिडियाबाट ठूलै प्रचारबाजी गरेर शहरिया उपभोक्ताहरुको ध्यान आफूतिर खिच्दै आएकाे छ ।

भारी रूपमा  डिस्काउन्ट दिने भन्दै ‘मेगा डिल’ को प्रचारसहित कराेेेडाैैभन्दा बढी सामानको लिस्ट रहेको भन्दै प्रचार–प्रसार गर्दैै आएकाे   छ। नोभेम्बर ११ मा भारी छुटकाे नाममा मंगलबार राजधानीमा पत्रकार सम्मेलन समेत गरेकाे छ । कराेडाै रूपैयाँकाे सामान बिक्री गर्ने तर सरकारलाई बुझाउनु पर्ने मुल्यअभिबृद्वि कर (भ्याट) र आयकर समेत छली गर्दै आएकाे छ । कर र भ्याट छलि गर्दै आफ्नाे मुल्यमा सामान बेच्दै अाएकाे  दराजले जसरी हेभी डिस्काउन्टको प्रलोभन देखायो, त्यो केवल झुट मात्रै भएको यसका उपभोक्ताहरु बताउँछन् ।

अहिले अनलाइन सपिङ र भारी छुटको नाममा ‘दराज’ ले उपभोक्तालाई ठग्ने काम भइरहेको कुरा सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । दराजले आफ्नो आक्रामक प्रचार शैलीमार्फत उपभोक्तालाई विभिन्न वहानामा ठगी गर्ने गरेको खुल्न आएको छ । दराजबाट सेवा लिएकाहरु आफू पहिलोपल्ट नै ठगीमा परेको गुनासो गरेका छन् । दराजले बाहिर बजारमा कम मूल्यमा पाइने सामानलाई नै छुट समेत दिएको बताउँदै भारी मूल्यमा विक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । उसले सामान ‘डेलिभरी’ को नाममा मात्र छुटै रकम लिन मात्र होइन, फिर्ता पाउनु पर्ने रकम समेत फिर्ता नगर्ने गरेको एक उपभोक्ता बताउँछन् ।

आफूले इलेक्ट्रिक हिटिङ्ग कप खरिद गर्दा दराजले आँखा अगाडि ठगी गरेको एक उपभोक्ता बताउँछन् । उनले खुद्रा पैसा नभएका कारण आफूले विल भन्दा बढी रकम दिएको तर, दराजका कर्मचारीले फिर्ता पाउनु पर्ने रकम नदिएको सुनाएका छन् । दराजको अर्को ठगी शैली छुटको वहाना बनाउँदै महँगो मूल्यमा उपभोक्तालाई सामान भिडाउनु रहेको ठगिएका उपभोक्ताहरु बताउँछन् ।

दराजमा राखिएका सामान बाहिर किन्दा त्यो भन्दा धेरै सस्तो पाइने भए पनि दराजले बढी मूल्य असुलिरहेको उनीहरु बताउँछन् । दराजले केही महिना अघि बिक्री गरेकाे न्याभी फोर्सको एनएफ ९११७ मोडलको  घडी दराजमै २ वटा मूल्यमा बेच्न राखिएकाे छ । घडीको एमआरपी ४ हजार ५ सय ७५ रुपैयाँ राखिएको छ र त्यसमा ५२ प्रतिशत छुट दिइएको भनी २ हजार १ सय ९९ रुपैयाँमा बेच्न राखिएको छ ।

यस्तै न्याभी फोर्स कम्पनीकै एनएफ ९११७ मोडलकै उही रङको अर्को घडीलाई भने २ हजार ६५० रुपैयाँमा बेच्न राखिएको छ । यो घडीको मूल्य ४ हजार ६ सय रुपैयाँ भनिएको छ र त्यो मूल्यमा ४२ प्रतिशत छुट भनी २ हजार ६ सय रुपैयाँमा बिक्रीमा राखिएको छ ।

यो घडी दराजमा मात्रै किन्न पाइने घडी होइन । यो घडी बाहिर बजारमा पनि किन्न पाइन्छ र यो घडी  २ हजारको हाराहारीमा किन्न सकिन्छ । तर दराजले मेगा सेल भन्दै बिक्रीमा राखेको यो घडीलाई अधिकांश उपभोक्ताले २ हजार ६ सय ५० रुपैयाँमा अनलाइन सपिङ गरी डेलिभरी चार्जबापत थप ५० रुपैयाँ तिरेको पाइएको छ ।

दराजले मेगा सेलमा राखेको पाइडुको यो लेडिज वाचको मूल्य दराजमै दुई तीन वटा राखिएको छ । दराजमा बिक्रीका लागि राखिएको र हेर्दा पनि आकर्षक देखिने यो घडीको वास्तविक मूल्य २ हजार रुपैयाँ भनिएको छ ।

तर एमआरपी अर्थात् वास्तविक बिक्री मूल्य २ हजार भनिएको यस घडीलाई दराजको मेगा सेलमा ५२ प्रतिशत छुट दिँदै ९ सय ५० रुपैयाँमा बिक्रीमा राखिएको छ । त्यसमा ५० रुपैयाँ डेलिभरी चार्ज तिरी उपभोक्ताले एक हजार रुपैयाँमा यो घडी किन्न सकिने बताइएको छ ।

तर दराजमा यही मोडलको अर्को घडी पनि राखिएको छ । यो घडीको मूल्य भने जम्मा ६९९ रुपैयाँ राखिएको छ । यो त्यही पाइडुको त्यही घडी हो, जसको मूल्य दराजमै फरक–फरक राखिएको उपभोक्ताहरु बताउँछन् । दराज लगायत अन्य सपिङ्ग अनलाइनले देखाउने सामान र डेलिभर गर्ने सामानमा फरक रहेकाे समेत गुनासाे गरेका छन् । सय प्रतिसत सुुती कपडा भनिएपनि डेलिभर गर्नेबेला पाेलिथिन मिसिएको कपडा दिने गरेकाे आराेप लागेकाे छ । साे सम्बन्धमा दराजमा पटकपटक आधिकारिक व्यक्तिसंग सम्पर्क गर्दा काेही पनि सम्पर्कमा आएन्न । साे ठगी सम्बन्धि थप विवरण आउनेक्रम जारी रहेकाे छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट