January 12, 2025, 10:43 am
» भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत » १९४ वटा कम्पनीको मूल्यसहित घट्यो नेप्से » बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु » चेक गणतन्त्रः रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु » काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

पुस २८, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा बयानका लागि उनी आज
काठमाडौं अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी आज मात्रै अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने माथिको मुद्दामा जिल्ला अदालत काठमाडौं आजैदेखि थुनछेक बहस सुरु हुने बताइएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया