February 24, 2025, 7:22 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने

पुस २८, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएको हो, अब उनीबारेको मुद्दामा थुनछेक बहस सुरू हुनेछ ।

रवि अदालत खुल्नुअघि नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए । अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा छुटने छन् । नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

त्यहाँबाट छुटे पनि उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा चलेको थियो । त्यसपछि उनी शुक्रबार नै स्वयम् हाजिर हुने भनिए पनि समयअभावका कारण आइतबार उपस्थित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट मुक्त भए पनि शुक्रबार राति मात्रै काठमाडौं आइपुगेकाले अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले बताइन् ।

अहिले काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानेको बयान लिइएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।

प्रतिक्रिया