January 10, 2025, 3:43 pm
» प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ » सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार » प्रधानमन्त्री शीतल निवास जानुअघि विपक्षी दलका नेताहरुको छलफल » बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी » रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने

सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

पुस २६, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौँ, । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्नेे निर्णय गरेको छ ।

यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिनुभएको हो ।

बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको छ ।

बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ‘वर्कसप अन इनह्यान्सिङ एसएआई–सिएसओ इन्गेजमेन्ट इन द एएसओएसएआई रिजन’ कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारलाई स्वीकृत प्रदान गरेको जानकारी उहाँले दिनुभयो ।

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्ले आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया