January 10, 2025, 4:02 am
» नेपालमा पूर्ण प्रजातन्त्र आएकै छैन, नयाँ सरकार बन्नु मात्र प्रजातन्त्र होइन : पूर्वराजा ज्ञानेन्द्र » शीतलहरले तराईको जनजीवन प्रभावित » पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो » अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ » स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो

रवि लामिछानेहरुलाई अदालत लगियो, आजै आदेश आउने सम्भावना

पुस २५, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा आज सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो । सरकारी वकिल कार्यालयको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले आज बहस गरे ।

अहिले सहकारी ठगीमा प्रतिवादी बनाईएका ४४ मध्ये पक्राउ परेका लामिछानेसहित सातै जनालाई जिल्ला अदालत लगिएको छ । न्यायाधीश राईले उनीहरुलाई आफ्ना कुरा राख्न समय दिएका छन् ।

अदालत स्रोतका अनुसार आज साँझसम्म थुनछेक आदेश आउने सम्भावना छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई, तत्कालीन संचालक छविलाल जोशी बन्जाडे, प्रवन्ध निर्देशक लामिछानेलगायतलाई सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाइएको छ । गत पुस १६ गतेदेखि मुद्दामा थुनथेक बहस भइरहेको छ ।

प्रतिक्रिया