January 9, 2025, 6:59 am
» आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश » कांग्रेस नेता कोइराला बेलायत प्रस्थान » आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु » श्रीमती छुटेको भोलिपल्ट ऋषिकेशका पिए पक्राउ » गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

रवि पक्षका वकिलको बहस- गोर्खा मिडियामा पैसा आएको रविलाई थाहा थियो, अवैध भन्ने थिएन

पुस २३, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्षको बहस सकिएको छ । जिल्ला अदालत कास्कीको न्यायाधिश नीतिज राईको इजलासमा सोमबारबाट सुरु भएको रवि पक्षको बहस मंगलबार सकिएको थियो ।

सोमबार रवि पक्षबाट पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठसहित वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए । मंगलबार थप ८ अधिवक्ताले बहस गरेसँगै रवि पक्षको बहस सकिएको हो ।

रवि पक्षबाट वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईं, डा. नारायण घिमिरे, रोहितराज बास्तोलासहित डा. नारायणदत्त कँडेल, सुनिता राउत, सुरज बस्नेत, सुदीप पन्त र सञ्जय गोलेले बहस गरेका हुन् । वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईंले रवि लामिछानेलाई गोर्खा मिडियामा पैसा आएको भन्ने थाहा भएको तर, अवैध भन्ने थाहा नभएको बताए ।

प्रतिक्रिया