February 23, 2025, 9:33 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

शीतलहरले चिप्लो भएपछि दाउन्नेमा सडक अवरुद्ध

पुस २५, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

पश्चिम नवलपरासी,  । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज पनि सवारी आवागमन अवरुद्ध भएको छ ।

मंगलबार रातिदेखि अवरुद्ध सडक हिजो दिउँसो केही बेर एकतर्फी रूपमा सञ्चालन भए पनि शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातिदेखि फेरि अवरुद्ध भएको हो ।

शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरूपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुहरू सडकमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया