February 24, 2025, 5:56 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

श्रीमती छुटेको भोलिपल्ट ऋषिकेशका पिए पक्राउ

पुस २५, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

विराटनगर- संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा विराटनगरबाट पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले पोखरेललाई आज विहान विराटनगरबाट पक्राउ गरिएको बताएका छन् ।

सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतले पक्राउ पुर्जी जरी गरेर प्रहरीलाई अनुमति दिएको थियो। त्यही आदेशअनुसार मोरङ प्रहरीले अनिललाई खोजी गरिरहेको थियो ।

नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

त्यही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको थियो।

प्रतिक्रिया