January 9, 2025, 3:30 am
» विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुप्रति एमाले महासचिव असन्तुष्ट » धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती » सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती धरौटीमा रिहा » सल्यानमा आमाबाटै दुई छोरीको हत्या » रवि लामिछानेसँगै सहकारी ठगीमा मुछिएका दुई जना धरौटीमा रिहा

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना परे प्रहरीको फन्दामा

पुस २३, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं । ललितपुरको सातदोबाटोमा अबैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरमा सीआईबीले छापा मारेको छ ।

सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, एआईजी दिपक थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको एआईजी थापाले बताए। पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ।

प्रतिक्रिया