January 8, 2025, 8:09 am
» ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको निधन » वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी » बुद्ध एअरको विमान दिनहुँ गन्तव्य नपुग्दै ‘डाइभर्ट’ » ऋषिकेशपत्नी अञ्जला अदालतमा उपस्थित » सडकका सब-इञ्जिनियर बर्खास्त

संसद् भंग गर्ने काम स्वीकार्य हुन सक्दैनः प्रधानमन्त्री ओली

पुस २१, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं,

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संसद् भंग गर्ने कार्य कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएका छन् । आइतबारदेखि सुरु पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले म्यानमारको सन्दर्भमा यस्तो बताएका हुन् ।आफूहरू म्यानमारमा तत्काल लोकतन्त्र पुनर्स्थापनाको पक्षमा रहेको उनले बताएका छन् ।

“हामी म्यानमारमा लोकतन्त्रको तत्काल पुनर्स्थापनाको पक्षमा छौँ । जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन,” ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया