नेपाली काँग्रेस शिवपुरी-काठमाडौं सम्पर्क समिति गठन

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौं, नेपाली काँग्रेस शिवपुरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ । शनिबार काठमाडौंको नागर्जुन पार्टी प्यालेसमा आयोजना गरिएको भेलाले मुकुन्द प्रसाद पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

नवगठीत कार्यसमितिको बरिष्ठ उपाध्यक्षहरुमा प्रह्लाद थापा, उपाध्यक्षहरु दावाङ लामा, रेणुका पोख्रेल, सिताराम गुरुङ, सचिबमा श्याम प्रसाद पाण्डे, सहसचिबमाद्धय चिरञ्जीवि आचार्य र रामप्रसाद पाण्डे र कोषाध्यक्षमा राजु तामाङ चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा संगिता केसी, रबि फुंयाल, रत्न तामाङ, रुपजंघ गुरुङ, मोती तामाङ, सुवास न्यौपाने, नवराज भण्डारी, गंगा भण्डारी, रामकाजी खड्का, जयराम खडका, दिपेन्द्र श्रेष्ठ, बिमला थापा, केशव थापा, पुजा लामा, ढक प्रसाद पाण्डे, योगराज भेटुवाल, बिमला नेपाल पाण्डे र रामजी गुरुङ  चयन भएका छन् ।

भेलालाई सम्बोधन गदै पुर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नवगठित कार्यसमितिलाई बधाई दिंदै यस्ता समितिहरुको गठनले काँग्रेसलाई थप बलियो बनाउने बताउनुभयो ।

आफु अर्थमन्त्री हुंदामानै छहरे टोखा सडकलाई चार लेन बनाउनको लागि ४० करोडको टेण्डर भएपनि त्यसलाई सम्पन्न गराउन कम्युनिष्ट सरकारले चासो नदेखाएको बताँउदै डा. महतले छहरे टोखा सडकमा ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नको लागि काँग्रेसले पहल थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो “छहरे टोखा अन्तर्गत गुर्जेभञ्ज्याङ देखि टोखा सम्मका सडक काठमाण्डौंनै पर्दछ तर सवैभन्दा बढी सडक बिग्रीएको पनि त्यही हो, नुवाकोटका जनताले सहज तरीकाले हिंडनको लागि सडकनै बनाउनु पर्ने ? कहाँ छ कम्युनिष्ट सरकार ? ”

कम्युनिष्ट सरकारले काँग्रेसको पालामा भएका धेरै बिकास निर्माणलाई आफुले गरेको भन्दै भ्रम छर्ने काम गरेको आरोप लगाँउदै डा महतले भन्नुभयो काम काँग्रेसले गर्ने तर प्रचार चाँही कम्युनिष्टहरुले गनेै काम गरिरहेका छन, काँग्रेस सरकारको पालामा सिन्धुपाल्चोकमा बनाइएको सडकलाई कम्युनिष्ट सरकारले पुष्पलाल मार्ग भन्दै नामाकरण गरेर जनतामा भ्रम छर्ने काम गरिरहेका छन्” ।

नेता महतले बिकास निर्माणमा काँग्रेसले थालेका कतिपय कामहरुलाईनै देखाएर कम्युनिष्टहरुले फोहोरी राजनीति गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री अर्जून नरसिंह केसीले कम्युनिष्ट सरकार अधिनायबाद लादनको लागि नेपाली सेनालाईनै कब्जा गर्ने स्थीतिमा पुगेको बताउनुभयो । नेता केसीले भन्नुभयो “अन्य निकायमा भएको सवै शक्तिहरु आफैमा केन्द्रीत गरेर ओली अधिनायकबादमा जाने तरखर गर्दैछन् ।

नेता केसीले जनताको सुख दुखमा भन्दा पनि आफनै भाग शान्तिमा कम्युनिष्ट सरकार लागि परेको आरोप लगाउनुभयो । आफनो पालामा नुवाकोटमा भएका कतिपय बहुबर्षिय योजनाहरुलाई रोकेर कम्युनिष्टहरुले फोहोरी खेल खेलीरहेको बताँउदै  नेता केसीले नुवाकोटका जनताको हितमा आफुले जुनसुकै काम गर्न पनि पछि नपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले कम्युनिष्ट सर्वसत्ताबादबाट मुलुकलाई बचाउन काँग्रेसहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कुनै बेला निर्णायक शक्तिको रुपमा रहेको काँग्रेस इतिहाँसमानै निरिह अवस्थामा रहेको बताँउदै सभापति केसीले काँग्रेसलाई पुरानै अवस्थामा लैजानको लागि सवैले आफनो ठाँउबाट लाग्नुपर्ने बताउनुभयो ।

नेता केसीले भन्नुभयो “अहिले काँग्रेसले आफु आफुमा बिबाद गरेर हिडने समय होइन हाम्रो शक्तिले कम्युनिष्टको बिरुद्धमा लडनुपर्ने अवस्था छ, त्यसैले बिगतका कुरालाई थाँती राखेर पार्टी बलियो बनाउन तपाँईहरु लाग्नुहोस”

सभापति केसीले शिवपुरी काठमाण्डौं सम्पर्क समाज गठनका क्रममा बिधान अनुसारनै पार्टीका बिभिन्न तह र तप्कामा छलफल पछि निर्णयमा पुगीएको बताँउदै लामो समय देखि पार्टीमा रहेर पनि कुनै पद नपाएका कार्यकर्ताहरुलाई जिम्मेवारी दिइएको स्पष्ट पार्नुभयो ।

जिल्ला समन्यव समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले निर्वाचनबाट काँग्रेस पराजय भोगेपनि जनताको साथमै रहेको बताउनुभयो ।

गिरीजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेश कुमार पाठकले काँग्रेसमा नेताका घरदैलो गर्नेलाई मात्र बढी अवसर पाउने गरेको बताँउदै सबै कार्यकर्ताहरुलाई समेटेर अगाडी बढन सुझाब दिनुभयो ।

नेपाली काँग्रेस नुवाकोटका सचिब एवं शिवपुरीका लागि जिल्ला प्रतिनिधि शिवप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका उपसभापति लक्ष्मण थापा, नेपाली काँग्रेस नुवाकोटका कोषाध्यक्ष एवं प्रदेशसभा सदस्यका उम्मेद्धवार महेन्द्र थिङ, नेपाली काँग्रेस नुवाकोटका पुर्व सचिब एवं शिवपुरी गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापा, जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, नेपाली काँग्रेसका महासमिति सदस्य कविराज गुरुङ, नेपाली काँग्रेसकी महासमिति सदस्य एवं शिवपुरी गाँउपालीकाकी उपाध्यक्ष मञ्जु केसी, नेपाली काँग्रेस नुवाकोटका जिल्ला सदस्य एवं पुर्व क्षेत्रीय अध्यक्ष गोविन्द थपलिया, नेपाली काँग्रेस शिवपुरी वडा नं ३ का इकाई सभापती तथा वडा अध्यक्ष रामहरी थापा, शिवपुरी ७ का इकाई सभापति एवं वडा अध्यक्ष माधव भेटुवाल, वडा नं २ का सभापति तथा वडा अध्यक्ष रुद्र गुरुङ, शिवपुरी ६ का अध्यक्ष लालबहादुर तामाङ, शिवपुरी गाँउपालीका वडा नं ४ का सभापति एवं वडा अध्यक्ष झमकराज गुरुङ, वडानं १ का वडा अध्यक्ष महेन्द्रराज खत्री, नेपाली काँग्रेसका तर्फवाट शिवपुरी ८ का वडा अध्यक्षका उम्मेद्धवार केशव रिजाल, शिवपुरी ८ थानापतिका इकाई सभापति रामकृष्ण डंगोल लगायतले कम्युनिष्ट सरकारको अधिनायकबादको बिरुद्ध काँग्रेस एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट नुवाकोटबाट प्रदेशसभाका उम्मेद्धवार रमेश महत, टोखा नगरपालीका १० का वडा अध्यक्ष उत्तम अधिकारी, नेपाल किसान संघ नुवाकोटका सचिब शिव गुणी, नेपाली काँग्रेसको तर्फबाट पञ्चकन्या गाँउपालीकाका अध्यक्षका उम्मेद्धवार रामेश्वर थापा, नेका महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र, सामुदायीक विद्यालय महासंघ शिवपुरीका अध्यक्ष हरी दुलाल, नेपाल तरुण दल नुवाकोटका जिल्ला सचिब सुमन गिरी र क्षेत्रीय उपाध्यक्ष सुमन डंगोल, नेविसंघ नुवाकोटकी कोषाध्यक्ष समिक्षा उप्रेती, नेपाल महिला संघ नुवाकोटकी हिरा पाण्डे,लगायतका नेताहरुको उपस्थीति रहेको थियो । कार्यक्रम शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष एवं पत्रकार रबिन थपलियाले सञ्चालन गर्नुभएको थियो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!